५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

बाणगंगाको बोडगाउँमा सहकारी बजार



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरमा पहिलो पटक सहकारी बजार हुने भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँमा सहकारी बजार हुने भएको हो । बजारको बुधबार उद्घाटन गर्ने कार्यक्रम छ । त्यस क्षेत्रको कृषि बहुउद्धेश्यीय सहकारी संस्था र भूमि ब्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश ५ को संयुक्त लगानीमा सहकारी बजार संचालन हुन लागेको सहकारीका अध्यक्ष सूर्यप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बुधबार विहान ८ बजे एक समारोहका बीच सहकारी बजारको स्थापना हुने छ । त्यसको पूर्वसन्ध्यामा मंगलबार सहकारीले पत्रकार सम्मेलन पनि आयोजना गरेको छ । पत्रकार सम्मेलनमार्फत यस सहकारीले गर्ने कामका बारेमा जानकारी गराइएको थियो ।

सो बजारमा मुख्य गरी कृषि उपजका बस्तुहरु जस्तै मासुजन्य, खाद्यान्न, दलहन, तेलहन राखिने सहकारीका अध्यक्ष पौडेलले बताउनुभयो । बजारको बुधबार प्रदेश कृषि तथा सहकारी मन्त्री आरती पौडेलले उद्घाटन गर्नुहुने छ । विशेष गरी स्थानीय स्तरमा उत्पादन भएका कृषि उत्पादनलाई बजारमा राखिने जनाइएको छ । पत्रकार सम्मेलनका प्रमुख अतिथि गुणनिधी भुसालले नितान्त कृषकहरुले यसबाट लाभ पाउने भन्दै विचौलियाको विगविगी अन्त्य हुने बताउनुभयो ।

प्रकाशित मिति : १४ श्रावण २०७६ मंगलबार ००:००  ८ : ०० बजे