५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

वडाध्यक्षले गरे महिला सञ्चारकर्मीको अपमान र दुव्र्यवहार, घटनाको बिरोध



शहबाज खान, कृष्णनगर ।
गएको श्रावण ८ गते कीटनाशकयुक्त झूल बितरण सम्बन्धि कार्यक्रमको समाचार संकलन गर्न जाँदा कपिलवस्तुकी महिला सञ्चारकर्मी माथि दुव्र्यवहार भएको घटना प्रति संघीय प्रेस फोरमले घोर विरोध गरेको छ ।
कृष्णनगर नगरपालिका वडा नं ६ निबासी प्रतिमा बिश्वकर्मालाई त्यस वडा कार्यालय तथा भिल्मी स्वास्थ्य चौकीमा वडाका वडाध्यक्ष अध्यक्ष देबानन्द शुक्लाले दुब्र्यवहार र अपमान गरेकोमा समाजबादी फोरम नेपाल निकट संघीय प्रेस फोरमले घोर बिरोध गरेको हो ।
एक बिज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाही गर्न र भबिष्यमा यस्ता घटना घटन् नदिई भयरहीत बातावरणमा काम गर्ने परिबेश बनाउन माग पनि गरेको छ । महिला संञ्चारकमी प्रतिमा संघीय फोरम पत्रकार संघ कपिलबस्तु जिल्लासँग सम्वन्धित छिन् ।

प्रकाशित मिति : १४ श्रावण २०७६ मंगलबार ००:००  ८ : १२ बजे