५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

“अर्घाखाँचीको दलित समुदायमा सोलार बत्ती”



बिष्णु कुमार आले, अर्घाखाँची । 

अर्घाखाँचीको छत्रदेव गाँउपालिकाले गाँउपालिकाको वडा नम्बर १ र ५ का ३ सय ३८  दलित घरधुरीमा मंगलबार दलित घर उज्यालो कार्यक्रम अन्तर्गत निशुल्क सोलार बत्ती बितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर १ मा १ सय ५७ र वडा नम्बर ५ मा १ सय ८१ दलित घरपरिवारमा ३ बर्ष ब्याट्रीको ग्यारेन्टी सहित २० वाड क्षेमताको सोलार बत्ती बितरण गरिएको  गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताए ।

छत्रदेव गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने उद्देश्य अनुसार साबिक चिदिका र छत्रगंज गाबिसका सबै वडामा बसोबास गर्ने दलीत समुदाय उज्यालो बनाउने अभियान अनुसार प्रत्येक दलीत घरपरिवारमा सोलार बत्ती जडान गरिएको अध्यक्ष पोखरेलले बताए । बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र ललीतपुरले छत्रदेव गाँउपालिकाका ५ सय ७४ दलीत घरपरिवारलाई सोलार बत्ती अनुदान सहयोग गरेको छ भने गाउँपालिकाको ४० लाखको टेन्डरमा गाउँपालिकाको सबै वडामा बस्ने दलित समुदायमा सोलार बत्ती जडान गरेर सकिने अध्यक्ष पोख्रेलको भनाई छ ।

दलित वस्तीमा जोडिएको सोलारबाट  ४ ओटा बत्ती बाल्न सकिने बताईएको छ । जनता सुखी र खुसी भए गाउँपालिका समृद्ध बन्ने हो भन्दै हामीले दलीत समुदाय उज्यालो कार्यक्रमलाई अगाडि सारेर सोलार बत्ती बितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठले बताईन् ।

उज्यालो गाउँपालिका, नमुना गाउँपालिका बनाउने लक्ष्य अनुसार दलित समुदायमा निशुल्क सोलार बत्ती बितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुषालले बताए । उनले भने, ‘अहिले दलित वस्तीको मन खुसी भएको छ, टोल उज्यालो भएको छ, सिङ्गै  गाउँ उज्यालो भएको छ, यसैमा हामी सन्तुष्ट छौं ।’ दलित घरपरिवारमा झलमल्ल बत्ती  बलेपछि उनीहरू निकै खुसी भएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७६ मंगलबार ००:००  ८ : ३३ बजे