२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

नवलपुरको डण्डामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु



कावासोती ।
नवलपुरको डण्डामा भएको सबारी दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । कावासोती नगरपालिका वडा नम्बर १६ स्थित राजमार्गमा दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा सो दुर्घटना भएको थियो ।
दुर्घटनामा परि मृत्यु हुनेमा कावासोती १५ गोडारका राम प्रसाद अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ । उनको घटनास्थलमा नै ज्यान गएको हो ।
पुर्व बाट पश्चिम तर्फ जादै गरेको ना ४ प २७ नम्वरको मोटर साईकल र पश्चिम बाट पुर्व तर्फ जादै गरेको ना २७ प ३६०० नम्वरको मोटरसाईकल एक आपसमा ठक्कर खादा ना २७ प ३६०० नम्वरको मोटरसाईकल चालक अधिकारी सडकमा पल्टिएका थिए ।
सडकमा पल्टिएका उनलाई सोही समयमा पश्चिम बाट पुर्व तर्फ आउदै गरेको ना ६ ख ३४०१ नम्वरको ट्रकले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुबै मोटर्साईकल, ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६ बुधबार ००:००  ७ : ४२ बजे