५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

पिङ खेल्ने डोरी बेरिएर बालिकाको मृत्यु 



गुल्मी ।

पिङ खेल्ने डोरी घाटिमा बेरिएर गुल्मीमा एक वालिकाको मृत्यु भएको छ। जिल्लाको चन्द्रकोट गाउँपालिका(२ भिरखानी निवासी ८ वर्षीय सन्ध्या परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) दीपककुमार बस्नेतले जानकारी दिए।

घरमै खेल्नका लागि बनाइएको पिङको डोरी घाँटीमा बेरिँदा बालिका घाइते भएको प्रहरीले जनाएको छ। उनको स्थानीय मेडिकलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। बालिकाको शव पोष्ट मार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको छ भने  घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

प्रकाशित मिति : १८ श्रावण २०७६ शनिबार ००:००  ५ : ३१ बजे