२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

पत्रकार पुडासैनीको हत्या भएको परिवारको दावी, सत्य तथ्य नआउँदा सम्म शव नउठाउने



चितवन ।
चितवनको होटलमा मृत फेला परेका पत्रकार सालिकराम पुडासैनीको हत्या भएको परिवारको दावी छ। सालिकरामका कान्छो भाइ राजु पुडासैनीले आत्महत्या नभई कसैले षड्यन्त्रपूर्वक हत्या गरेको बताएका हुन्। उनले भने ‘एउटा खुट्टा खाटमाथि टेकिएको अवस्थामा रहनु, छेउमा अग्लो टेबुल रहुनु र कोठाको झ्याल खोलेर बाहिर जाने अवस्था रहनुले पनि हत्या भएको हुनसक्छ।’ उनले सत्यतथ्य पत्ता लगाएर दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनसँग माग गरेका छन्। सत्यतथ्य बाहिर नआउञ्जेल शव नबुझ्ने परिवारको भनाई छ। उनका अनुसार पारिवारीक रूपमा केहि दिनअघि नयाँ काम गर्ने सल्लाह भएको थियो। राजुले सालिकरामले परिवारलाई चितवन जानेबारे जानकारी नगराएक बताए। माउण्टेन टिभीमा कार्यारत पत्रकार शालिकराम सोमबार राति कोठाभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनी भरतपुर महानगरपालिकास्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुको २०२ नम्बर रुममा मृत फेला परेका हुन्। उनको साथमा पत्रकार परिचय पत्र, सवारी चालक अनुमतिपत्र, नगद ५ हजार, २ वटा बैंकको एटिएम फेला परेको प्रहरीले बताएको छ। नुवाकोट विदुर नगरपालिका ३ घर भई हाल काठमाडौंमा टेलिभजन पत्रकारका रूपमा कार्यरत पुडासैनी सोमबार राति १०ः १५ बजे उनी बसेकै रुममा मृत भेटिएका हुन्। माउन्टेन टिभीमा जानु अघि उनी न्युज २४ मा रवी लामिछानेसँगै काम गर्दै आएका थिए।

प्रकाशित मिति : २१ श्रावण २०७६ मंगलबार ००:००  ३ : १६ बजे