२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

अष्ट्रेलियाली पर्यटकको तेस्रो रोजाईमा काठमाण्डौँ शहर



काठमाडौं ।
अष्ट्रेलियाली पर्यटकहरू आफ्नो अर्को विदामा कुन ठाउँ जान चाहन्छन् भनेर गरिएको तथ्याङ्क विश्लेषणमा काठमाडौं तेस्रो स्थानमा आएको छ ।
कायाक डट कम डट एयुका प्रयोगकर्ताले एसियाली र मध्यपूर्वका स्थानहरू बढी खोजेका छन् । काठमाडौं तेस्रो स्थानमा आएको उक्त सूचीको पहिलोमा भारतको अहमदाबाद छ, जहाँ महात्मा गान्धीको घर औसाबरमती आश्रमओ छ ।
दोस्रोमा पाकिस्तानको लाहोर छ । भारतीय गन्तव्यको खोजी बढेको अष्ट्रेलियाको ट्राभल विक्ली डट कम डट एयुले जनाएको छ । काठमाडौंपछि सूचीमा कोची (भारत), कराँची (पाकिस्तान), टोकियो (जापान), दुबई (युएई), बेरूत (लेबनान) आदि छन् । १५ गन्तव्यको उक्त सूचीमा एसियाबाहिरको जोहान्सबर्ग (दक्षिण अफ्रीका) मात्र छ ।

प्रकाशित मिति : २३ श्रावण २०७६ बिहिबार ००:००  १० : ३४ बजे