मायादेवी अनलाइन, अर्घाखाँची ।
आगोलागीबाट पीडित बनेका अर्घाखाँचीको सितगंगाका अग्नि पीडितलाई राहत बितरण गरिएको छ । सितगंगाको विभिन्न ठाँउमा यो बर्ष भएको आगोलागीबाट पीडित बनेका १६ घरपरिवार मध्ये छनौट गरी अति नै पीडित भएका गरिब बिपन्न १२ घर परिवारलाई अर्घाखाँची सम्पर्क समिती युएईको सहयोगमा पत्रकार बिष्णु कुमार आलेले राहत बितरण गरेका हुन् ।
समितीको उद्देश्य, सितगंगा-९ राँगाकाटेका केशर बहादुर कुमाल, प्रदिप रेश्मी, ज्ञान बहादुर बिक, कालुराम कुमाल, खिम बहादुर कुमाल, कमरा रोकाहालाई र्आिथक राहत बितरण गरिएको हो । त्यसै गरी सितगंगा-८ फुर्केसल्लीका वीर बहादुर बिटालु, धन बहादुर बिटालु, बोम बहादुर बिटालु, जौखोरेका गणेश बहादुर पुन, सितगंगा-११ का तिलसरा सोती र सितगंगा-१३ का माया सोमैलाई जनही २१ सयका दरले पत्रकार आलेले आर्थिक राहत बितरण गरेका थिए ।
पीडितहरूको बल्झिएको घाँउमा केही रूपमा भएपनि मलाम पट्टी लगाउने उद्देश्यले पीडितलाई आर्थिक सहयोग गरिएको पत्रकार आलेले बताए । घरबाँस तथा बर्ष दिनको लागि जोहो गरी राखिएको अन्नपात जलेर खरानी भएपछि बिहान बेलुकाको छाक कसरी टार्ने भनेर अन्यौल भईरहेको बेला पीडितको घरमा पनि चुलो बल्न पर्छ भन्ने उद्देश्यले गाँस कटाएर आर्थिक सहयोग गरिएको अर्घाखाँची सम्पर्क समिती युएईका प्रमुख सल्लाकार एवं सितगंगा-५ घर भई युएईमा कार्यरत चन्द्र बहादुर सारूले बताए ।
पीडितलाई राहत उपलब्ध गराउनुमा अर्घाखाँची युएई सम्पर्क समितीमा समेत रहेका पत्रकार आलेको उल्लेखनीय भूमिका रहेको छ । पीडितका आखाँमा खुसीका आँसु, बर्खाको समयमा आगो लागेपछि खाद्यान्नको संकट परेको बेला पिडितलाई धेरै राहत भएको पत्रकार आलेको भनाई छ । आगोलागीबाट घर गोठ अन्नपात जलेर नष्ट भएपनि अहिले सम्म कसैले केही सहयोग नगरेको बेला बर्खाको समय नुन तेल चामल घरमा छैन छोराछोरीलाई के खुवाउने भनेर चिन्तित भईरहेको बेला सहयोग पाउँदा आफुलाई निकै खुसी लागेको सितगंगा-१३ कि अग्नि पिडित माया सोमैले बताईन् ।
उनी मात्र होईन सितगंगा-११ कि तिलसरा सोती पनि उत्तिकै खुसी भईन् । सोती भन्छिन्, “दुर्गम ठाउँमा बसेकालाई कसले हेर्ने यति ठूलो आगोलागीबाट पीडित हुँदा समेत हेर्ने कोही छैन । तर तपाईहरू घरमै आएर राहत दिनु भयो यसमा धेरै खुसी लागेको छ ।” राहत रकम हातमा लिएपछि आखाँबाट आँसु झार्दै सितगंगा-८ फुर्केसल्लीका बिर बहादुर बिटालु भन्छन्, ‘काहाली लाग्दो आगोलागी घटनाको स्मरण गर्दै घरमा अन्नपात नुन तेल ओढ्ने कपडा नभएको बेला सानो रकमले पनि ठुलो काम गरेको छ ।’ बर्खाको समयमा जनतन पानीको ओत गरी बसेका उनीहरूलाई यति बेला खाद्यान्नको समस्या हुने गरेको छ । संचारकर्मी आलेले राहत रकम नगर प्रमुख सुर्य प्रसाद अधिकारी, उप प्रमुख टीका रेश्मी मगर, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी, वडा अध्यक्ष कोपिलाचन्द आले, भिम केसीको साथमा बितरण गरेका थिए ।
अर्घाखाँचीबाट रोजगारीको शिलसिलामा युएई पुगेका नेपालीले आफ्नो गाँस कटाएर अग्नि पीडितलाई राहात सहयोग गरेका हुन् । यसै गरी अर्घाखाँची सम्पर्क समिती युएईले जिल्लाको भुमिकास्थान नगरपालिका ७ का सात घरपरिवारलाई आर्थिक राहात बितरण गरिएको छ । भुमिकास्थान-७ सलिन्धाराका गायत्रा बिक, बनिकला पुन, पानडाँडाका छबिलाल सुनार, बर्बासका ओम बहादुर नेपाली, सरस्वता नेपाली, डुकी नेपाली र तोर बहादुर नेपालीलाई जनही ३५ सय ७० रूपैँयाका दरले आर्थिक राहत बितरण गरिएको हो ।
खाद्यान्न संकट परेको बेला राहत पाएपछि उनीहरू निकै खुसी भएको अर्घाखाँची सम्पर्क समिती युएईका उपाध्यक्ष बिष्णु खड्काले बताए । बर्षेनी बनमा लागेको आगो वस्तीमा आएर नागरिकलाई उठिबास लगाउदा समेत यसको न्युनिकरणका लागि सम्बन्धित निकायले कुनै चासो दिएको पाईदैन । यो बर्षमा जिल्लाको झन्डै ७ हजार हेक्टर वन क्षेत्र आगोले सखाप पारेको थियो ।
२९ श्रावण २०७६ बुधबार ००:००
0
Shares






प्रतिक्रिया