२२ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

अरूण खोलाको डाइर्भसन बाढीले बगाउदा पूर्व पश्चिम राजमार्ग ठप्प



नवलपरासी ।
पूर्व-पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिस्थित अरुणखोलमाको डाइभर्स बाढीले बगाएको छ । अरूण खोलाको पुलमा ट्रकले हानेर भाँचिएपछि बनाइएको डाइभर्सन बाढीले बगाएपछि यातायात पूरै बन्द भएको हो। एकतर्फीरुपमा यातायात संचालन गर्न बनाएको डाइभर्सन बाढीसँगै बगेपछि यातायात पूर्णरुपमा रोकिएको हो। पुलको लक्षिण तर्फ खोलामा निर्माण गरिएको डाइभर्सन केही बेरअघिको बाढीले बगाएको नवलपुर प्रहरीले जनाएको छ । डाइभर्सन बगाएपछि कुनै पनि सवारीसाधन संचालनमा आउन सकेका छैनन् । पुल मर्मत भइनसकेकाले तत्काल यातायात संचालनमा आउने सम्भावना छैन । खोलामा पुनस् डाईभर्सन निर्माण नहुञ्जेल यातायात संचालनमा आउने छैनन्।

प्रकाशित मिति : १ भदौ २०७६ आइतबार ००:००  ८ : ०४ बजे