२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

पोखरीमा डुबेर बालकको मृत्यु



प्यूठान ।

माछा पोखरीमा डुबेर एक बच्चाको मृत्यु भएको छ । प्युठान नगरपालिकाको कार्यालय नजिकै रहेको माछा पोखरीमा डुबेर बालकको मृत्यु भएको हो । बुधबार मल्लरानी गाउँपालिका ४ पाण्डेडाँडा निवासी अमृता थापाको १५ महिने छोराको मृत्यु भएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय विजुवारका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंह चौधरीका अनुसार बालकलाई टहरामा सुताएर आमा काम गर्न गएपछि पानीमा डुबेर मृत्यु भएको हो ।

‘पोखरी नजिकैको टहरामा बच्चा सुताएर आमा काम गर्न गएपछि उठेका बालक पोखरीमा डुबेको स्थानीयले बताएका छन्’, प्रहरी निरीक्षक चौधरीले भने ।  बच्चालाई उपचारका लागि जिल्ला अस्पताल विजवार लैजादै गर्दा बीचबाटोमै मृत्यु भएको उनको भनाइ छ ।

मृतक बालककी आमा नजिकैको फोहोर प्रशोधन केन्द्रमा काम गर्दै आएकी छन् ।

प्रकाशित मिति : ११ भदौ २०७६ बुधबार ००:००  ६ : १० बजे