१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

छोरीलाई जबरजस्ती गर्न खोज्ने बाबु गुल्मीबाट पक्राउ



गुल्मी ।
छोरीलाई बलात्कार गर्न खोजेको आरोपमा इस्मा गाउँपालिका–४ दोहोलीमा एकजना पक्राउ परेका छन्। १३ वर्षीया छोरीलाई बलात्कार गर्न खोजेको आरोपमा ४१ वर्षीय बाबु पक्राउ परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । ती व्यक्तिले गत असोज २९ गते साँझ मालिका गाउँपालिका–६ अर्जैमा छोरीलाई बलात्कार गर्न खोजेको पीडितले बताएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए। पीडितकी आमाले प्रहरीमा जायरी दिएकी हुन् ।
पक्राउ परेका पुरुषलाई गुल्मी अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। वैदेशिक रोजगारीबाट आएका ती पुरुषले मदिरा सेवन गरेर छोरीलाई बलात्कार गर्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

प्रकाशित मिति : १ कार्तिक २०७६ शुक्रबार ००:००  १ : ५५ बजे