बाबुराम रायमाझी, भलवाड ।
अर्घाखाँची छत्रगंज गाउँपालिका वडा नं. ५ मा जन्म भई हाल वाणगंगा नगरपालिका वडा नं. ९ चौवाह टोलमा बस्दै आउनु भएका नेकपाका संगठीत सदस्य तथा अर्घाखाँचीका नेता नेता लक्षमण रायमाझी, केवल रायमाझी, नारायण रायमाझी, मधुसुधन रायमाझी, बोम बहादुर रायमाझीका माता स्वर्गीय नन्दकला रायमाझीको श्रद्धाञ्जली सभा गरिएको छ ।
नेकपा वडा कमिटीको आयोजनामा श्रद्धाञ्जली सभा गरिएको हो । स्वर्गीय रायमाझीको यही असोज २१ गते आफ्नै निवास चौवाहमा ९१ वर्षको उमेरमा निधन भएको थियो । नेकपा वानपा —९ भलवाड कमिटीको आयोजनामा स्वर्गीय रायमाझीको ११ औं दिनको पुण्य तिथीको दिन एक श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
सो शोक सभामा मृत आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौन धारण गरी उहाँप्रति श्रद्धाञ्जली गरीएको थियो । शोक सभामा नेकपाका जिल्ला कमिटी सदस्य तथा भलवाड ईन्चार्ज कुमार मधु वेल्वासे, नेपाली कांग्रेसका नेता तथा समाजसेवी हरिराज घिमिरे, नेकपाका सचिवालय सदस्य तथ निर्वाचन क्षेत्र नं. १ का संयोजक डम्वर शर्मा, नेकपा प्रदेश नं. ५ का सदस्य कृष्ण प्रसाद पौडेलले शोक मन्तव्य दिँदै हामी सबैको अभिभावक स्वर्गीय रायमाझीको निधनले सिङ्गो पार्टी स्तब्ध भएको भन्दै यस शोकलाई शक्तिमा बदल्दै लैजानुपर्ने बताएका थिए ।
कार्यक्रम नेकपा वडा नं. ९ वडा कमिटी अध्यक्ष बिन्द्र गुरुङ्गको अध्यक्षता नेकपा प्रदेश नं. ५ का सदस्य कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रम दुर्गा प्रसाद पौडेलले सञ्चालन गर्नु भएको थियो ।
शोक सभामा संविधान सभा सदस्य विश्राम प्रसाद थारु, प्रचार प्रसार प्रमुख लक्ष्मण वेल्वासे, सचिवालय सदस्य कमल आचार्य, नगर कमिटी सदस्य तथा वडा अध्यक्ष धु्रव वेल्वासे लगायत पार्टीका सदस्य, शुभ चिन्तकहरुको सहभागीता रहेको थियो ।
१ कार्तिक २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया