शिवलाल सुवेदी, गुल्मी ।
दुई ट्रक एक आपसमा ठोकिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । तानसेन–रिडी सडकखण्डको रिब्दीकोट गाउँपालिका–२ देउरालीमा भएको दुर्घटनामा दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेमा गुल्मी ठूलोलुम्पेकका हेम कुवँर रहेको प्रहरीले जनाएको छ ।
लु १ ख ९२०२ नम्बरको ट्रकलाई ना ४ ख १७०० नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । ओरालोमा गुल्मीतर्फ जाँदै गरेको ट्रकले विपरित दिशाबाट आएको ट्रकलाई ठोकेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त ट्रक सडकदेखि झन्डै ३ सय ५० मिटर तल खसेको छ । दुर्घटनाग्रस्त ट्रकमा सवार तीनजना यात्रु सामान्य घाइते भएका छन् । घाईतेहरुलाई तानसेनस्थित अस्पतालमा पठाइएको छ ।
घटनास्थलमा प्रहरी, स्थानीय बासिन्दाले उद्धार गरेका छन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
१ कार्तिक २०७६ शुक्रबार ००:००
4
Shares
प्रतिक्रिया