नवलपरासी ।
जुवा खेलिरहेको अवस्थामा पश्चिम नवलपरासीबाट जनप्रतिनिधिसहित ६ जना पक्राउ परेका छन्। सरावल गाउँपालिका–१ सालबासमा रहेको अमर तन्दुरीमा जुवा खेलिरहेको अवस्थामा बर्दघाट नगरपालिका–४ का वडा सदस्य विष्णुप्रसाद भण्डारीसहित ६ जना पक्राउ परेको बताइएको छ । सालबास बर्दघाट नगरपालिकासँग सीमा जोडिएको ठाउँ हो ।
पक्राउ पर्नेमा बर्दघाट नगरपालिका–१३ का बासु खनाल, सरावल–१ का गणेश पाण्डे, सुनवल नगरपालिका–१२ का टोपबहादुर घिमिरे, सरावलका प्रदिप अग्रहरी र जुवा खेलाउने घरधनी लीलाबहादुर चौधरी रहेकाको स्रोतले जनाएको छ । प्रहरीले भने नाम सार्वजनिक नगरे पनि जुवाडे पक्राउ परेको पुष्टि गर्दै अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक लालमणि आचार्यले बताए । जुवाडेहरुका साथबाट ३९ हजार ५०० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
२ कार्तिक २०७६ शनिबार ००:००
0
Shares






प्रतिक्रिया