२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

वाणगंगा नगर सरसफाईको पहिलो श्रृङ्खला (Episode 1)



कपिलवस्तुको वाणगंगा नगरपालिकामा सरसफाईका लागि नयाँ कामको थालनी भएको छ । नगरपालिकालाई सुन्दर र हरियाली बनाउनका लागि शुक्रबार देखि नयाँ कामको थालनी भएको हो ।
विकासको दृष्टिले कपिलवस्तुका अरु स्थानीय तह भन्दा अब्बल मानिदै आएको भएपनि सरसफाईमा वाणगंगा पछाडि थियो । फोहर राख्ने डम्पिङ साइट बनाउन नसक्दा नगरपालिकाले पूर्व पश्चिम राजमार्गको वाणगंगा पूलमै फोहर फाल्ने गरेको छ । जसले राजमार्गमा ओहरदोहोर गर्दा दुर्गन्ध बढाएको छ भने वाणगंगाको पूल चोक, बालापुर, बोडगाउँका नागरिकलाई दुर्गन्धले सास्ति दिएको छ ।
नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाको आवगमनसंगै सुरु भएको नगर सरसफाई र हरियाली प्रवर्धन कार्यक्रमले उचित महत्व राख्ने अपेक्षा गरिएको छ । अभियान महिनाको दुई पटक सञ्चालन हुने प्रमुख प्रशासकीय अधिकृत सापकोटाले मायादेवी अनलाइनलाई बताउनुभयो । प्रत्येक महिनाको १ र १५ गते दुई दिन यो कार्यक्रम सञ्चालन हुने सापकोटाको भनाई छ । सरसफाई अभियानलाई स्वयम्सेवी भावनाले अगाडी बढाईने उहाँले बताउनुभयो ।
आफ्नो नगर सुन्दर र हरियाली बनाउने दायित्त नगरबासीको पनि भएकोले स्वतस्फूर्त नगरबासी यो अभियानमा सरिक बन्न सक्नेछन् । सरसफाईको नाममा बर्षेनी लाखौं रकम खर्च हुने र कामको प्रगती नदेखिने प्रथाको पनि यो अभियानले अन्त्य गर्ने नगरबासीले अपेक्षा लिएका छन् । गत आवमा नगरपालिकाले ‘म सफा गर्छु मेरो नगर अभियान’को शुभारम्भ गरेपनि यसले निरन्तरता पाउँन सकेको थिएन । अभियानमा लाखौं रकम खर्च भएको तर अभियान केही हप्तामै सकिएको भन्दै नगरपालिकाको आलोचना पनि भएको थियो । यद्यपि वडा नं। ७ ले सरसफाईको क्षेत्रमा जिल्लामै नमुना काम गर्दै आएको छ । वडा अध्यक्ष विष्णु गिरीले गत बर्ष देखि वडाको सरसफाईमा जिल्लामै नमुना काम गर्दै आउनुभएको छ । सरसफाईमा ध्यान नदिनेलाई वडाबाट दिने सिफारिस रोक्कासम्मको चुनौती मोलेर वडाध्यक्ष गिरीले वडामा रचनात्मक कामको सुरुवात गर्दै आउनुभएको छ । यो आवमा सरसफाई र सुन्दर वडा बनाउनका सयौं फूलका विरुवा वितरण गर्नुभएको छ भने उत्तिकै मात्रामा कागतीका विरुवा पनि वितरण गर्नुभएको छ ।

शुक्रबार वडा नं. ४ मा पर्ने जितपुर चारनम्बर, सिद्धिपुर लगायतको स्थानमा सरसफाई गरिएको छ । अरु थप भिडियोबाट…

प्रकाशित मिति : २ कार्तिक २०७६ शनिबार ००:००  ७ : ३१ बजे