मायादेवी अनलाइन, वाणगंगा ।
शनिबारबाट देशका सबै पालिकामा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन भएको छ । आइतबार सम्म चल्ने कार्यक्रम अन्तर्गत जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका झण्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्बान्डाजोल), ६ महिनादेखि दुई वर्ष्भित्रका चार लाख बालबालिकालाई बालभिटा खुवाइने कार्यक्रम रहेको छ । त्यस्तै पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिइने छ ।

यस्तै कपिलवस्तुका सबै स्थानीय तहमा पनि कार्यक्रम शनिबारबाट सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको समन्वय र सहकार्यमा कार्तिक २ र ३ गते भिटामिन ए ख्वाउने राष्ट्रिय कार्यक्रम अनुसार बाणगंगा नगरपालिकाको आयोजनामा ६ महिना खेखि ५ वर्षसम्मका बालबालिकालाई एक समारोहका बीच नगरका प्रमुख मङ्गल प्रसाद थारुले भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई र जुकाको औषधी वानपा ११ को ओदारीमा वडा न.११ वडाध्यक्ष सोमनाथ अर्यालले संयुक्त रुपमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाएर सुभारम्भ गर्नु भएको थियो ।
कार्यक्रममा मेयर थारुले नगरमा कोहि पनि बालबालिका भिटामिन ए र जुकाको औषधी खानबाट वञ्चित नहुन भन्दै बालबालिका कुपाषित हुनबाट बच्नका लागि यस राष्ट्रिय अभियानमा सहभागी भई कार्यक्रमलाई सफल पार्न महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्यकर्मी सबैलाई आग्रह गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख बाबुराम भट्टराई, वानपा ११ हथौसा स्वास्थ्य चौकी प्रमुख मुमकला भुसाल, भलवाड स्वास्थ्य चौकी प्रमुख जित बिकास रायमाझी लगायले आ—आफ्नो धारणा राख्दै कार्यक्रमको विषय वस्तुमाथि प्रकाश पारेका थिए ।
गजेहडा स्वास्थ्य चौकी प्रमुख द्रोण वेल्वासेले भिटामिन ‘ए’ र जुकाको औषधीको बारेमा कविताको माध्यमबाट कार्यक्रमलाई रोचक बनाएका थिए । नगरका स्वास्थ्य संयोजक ठगराज पौडेलको सञ्चालनमा भएको कार्यक्रमा नगरमा रहेका सबै स्वास्थ्य चौकी प्रमुखहरुको सहभागिता रहेको नगर स्वास्थ्य शाखा वाणगंगाले जनाएको छ ।







प्रतिक्रिया