१ चैत्र २०८१, शनिबार | Sun Mar 16 2025

कोईलीचौर साना किसान सामुदायिक वनको २१ औं साभारण सभा सम्पन्न



बाबुराम रायमाझी, भलवाड ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ९ भर्लावासमा अवस्थित कोईलीचौर साना किसान सामुदायिक वन उपभोक्ता समूहको २१ औं साभारण सभा भएको छ ।
साधारण सभामा समूहका सचिव माधुरी गिरीले समूहको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष कुन्तामणि भुसालले आर्थिक वर्ष २०७५÷०७६ को कुल २० लाख ८५ हजार बराबरको आय—व्याय सार्वजनकीकरण गर्नुभएको थियो ।
समूहकोे आगामी आर्थिक वर्ष ०७६÷०७७ का लागि ५८ लाख ५ हजार बराबरको अनुमानित आय—व्यय प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिका संयोजक ओमलाल गिरीले समूहको लेखा प्रतिवेदन पेश गर्नुभएको थियो ।
समूहका अध्यक्ष हरिराज घिमिरेले आगामी ०७६÷०७७ को प्रस्तावित निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
कोइलीचौर साना किसान सामुदायिक वनले समूहका पूर्व कार्यसमिति पदाधिकारीहरु,उपभोक्ता मध्येबाट सामुदायिक बिद्यालय र बाल बिकास केन्द्रमा अध्ययनरत विपन्न र जेहेन्दार बिद्यार्थी ४ जनालाई पाठ्य सामग्री प्रदान गरेको थियो ।
साथै समूहले ७० वसन्त पार गरेका ५५ जना जेष्ठ नागरिक, २ जना एकल महिला, २ जना असल बुहारीलाई कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट अतिथीबाट नगद र दोसल्ला ओढाएर सम्मानित गरेकोे थियो । २१ औ साधारण सभाबाट कोइलीचौर सामुदायिक वनको १०वर्षे कार्ययोजना पनि पारित गरेको छ ।
साधारण सभामा वाणगंगा नगरका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी मङ्गल प्रसाद थारुले नगरमा बिकास निर्माणमा पछि परेका वडा नं. १० पटना र ९ भलवाडलाई नगरले विशेष प्राथमिकता दिएको बताउनुभयो ।
कार्यक्रमका बिशिष्ठ अतिथि तथा वडाध्यक्ष ध्रुव बेल्वासेले समूहले योजना बनाउँदा ठूला र ठोस योजना बनाएमा समूहको गरेका काम दिगो हुने बताउनुभयो ।
सब डिभिजन वन कार्यालय गोरुसिंगेका सहायक बन अधिकृत यम प्रसाद गैरेले वैज्ञानिक वनको अवधारणाको बारेमा प्रकाश पार्दै वनको दिगो बिकासको लागि वनको संरक्षण सम्वद्र्धन गर्दै लैजानुपर्ने कुरामा जोड दिनुभएको थियो ।
साधारणसभामा सल्लाहकार समितिका संयोजक गोपाल गिरी, स्वास्थ्य चौकी भलवाडका प्रमुख जित बिकास रायमाझी, साहारा सामुदायिक वनका अध्यक्ष कमल वेल्वासे, शुद्धोदन मावि जिनुवामा प्र.अ. टेकलाल अधिकारी, संचारकर्मी बाबुराम रायमाझी, सामुदायिक वन उपभोक्ता समिति वाणगंगा नगरका नगर सदस्य दुर्गा प्रसाद पौडेल, भर्तापुर आधारभूत बिद्यालयका प्रतिनिधि मुक्ति वेल्वासेले लगायतले आ आफ्नो धारणा राख्दै साधारण सभाको सफलताको शुभ कामना दिनुभएको थियो ।
यस सामुदायिक वनमा ४ सय ३७ वन उपभोक्ता रहेको र सामुदायिक वन २ सय १८ हेक्टर क्षेत्रफलमा रहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७६ आइतबार ००:००  ८ : ०० बजे