१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

नवलपरासीबाट १८ जना जुवाडे पक्राउ



नवलपरासी ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वको प्रहरी टोलीले आइतबार राति जुवा खेलिरहेका १८ जना पक्राउ गरेको छ । प्रहरीले राति साढे १ बजेको समयमा देवचुली नगरपालिका –६ मुण्डेमा रहेको आधार रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक डीएसपी अर्जुन रानाभाटले जानकारी दिनुभयो ।
जुवा खेलिरहेको ठाउँबाट प्रहरीले १ लाख ४२ हजार ९४० रुपैयाँसमेत बरामद गरेको छ । पक्राउ परेका १८ जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइराखेको प्रहरी नायव उपरीक्षक रानाभाटले बताउनुभयो ।

प्रकाशित मिति : ४ कार्तिक २०७६ सोमबार ००:००  ११ : १४ बजे