२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

घोराहीमा दुई बस ठोक्किँदा २२ जना घाइते



दाङ ।
दाङको घोराहीमा दुईवटा बस आपसमा ठोक्किदा २२ जना घाइते भएका छन् । घोराहीबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ३९५३ नम्बरको बस र लमहीबाट घोराही आउँदै गरेको लु १ ख ९६७९ नम्बरको बस घोराही लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका ३ वर्गदुवा ठोक्किएको हो ।
दुर्घटनामा दुबै बसका गरी २२ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोद विक्रम शाहीले बताए । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६ सोमबार ००:००  ७ : २४ बजे