२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

लागुऔषध सहित २ जना पक्राउ



सुनवल ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले लागुऔषध सहित २ जनालाइ पक्राउ गरेको छ । गेरमी प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले पाल्हिनन्दन गाउपालिका ५ चमनटोलाबाट २ जनालाइ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक रामग्राम नगरपालिका १० मन्झरिया बस्ने ४० बर्षिय बिश्राम हरीजन र मोटरसाइकल पछाडि सवार पाल्हिनन्दन गाउपालिका ३ बेलासपुर बस्ने बर्ष २४ बर्षिय बेचु गोसाइ रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६ बुधबार ००:००  ५ : ४९ बजे