दाङ।
दाङको तुलसीपुर उपमहानगरपालिका १४ लुहाडबरामा बसको ठक्करले कुखुराको भाले मरेपछि स्थानीयहरुले चक्काजाम गरेका छन् ।
कुखुराको भाले मरेपछि उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयहरुले सडकमा ढुंगा थुपार्नुका साथै काठ, बाँस तेर्साएर सडक अवरुद्ध पारेका थिए ।
खैराहा कोठारी सडकखण्डमा चल्ने बसले स्थानीयको भाले मारेर भागेपछि बिहीबार दिउँसो केहीबेर स्थानीयले सडक अवरुद्ध पारेको जानकारी आफूले पाएको वडा सदस्य वन्धु चौधरीले बताए । वडा सदस्य चौधरीले भने, ‘भालेलाई ठक्करदिने बस क्षतिपूर्ति नदिइकन भागेपछि स्थानीय युवाहरुले झण्डै एकघण्टा सडकमा काठ तेर्साएर सडक अवरुद्ध पारेका रहेछन् । बस व्यवसायी र पीडित पक्षबीच २ केजी भालेको १ हजार २ सय रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति पछि सडक खुलेको रहेछ ।’
८ कार्तिक २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया