दाङ ।
दाङको बबई गाउँपालिका ७ मा अज्ञात रोगका कारण ६० भन्दा बढी बाख्रा मरेका छन् । अज्ञात रोगका कारण बाख्रा धमाधाम मर्न थालेपछि किसानहरू चिन्तित भएका छन् । केही दिन अघिदेखि बाख्रा मरेका भए पनि किसानले भने गाउँपालिकामा खबर गरेका थिएनन् ।
अज्ञात रोगका कारण बाख्रा मरेको भन्ने खबर पाएलगत्तै बबई गाउँपालिकाको प्राविधिक टोलीले औषधि उपचार र नमुना संकलनको कार्य शुरु गाउँपालिकाले जनाएको छ । बुधबार बबई गाउँपालिका र जिल्ला भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त टोलीले त्यस क्षेत्रमा पुगी रोगको उपचार तथा नमुना परीक्षण गर्ने कार्य गरेको गाउँपालिकाका प्रेस संयोजक बालकृष्ण पाण्डेले बताए ।
बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल, उपाध्यक्ष सावित्रा विश्वकर्मा, वडा नम्बर ७ का अध्यक्ष महावीर चौधरी बबई गाउँपालिका पशु शाखाका कर्मचारी तथा जिल्ला भेटेनरी तथा पशु सेवा विज्ञ केन्द दाङका पशु विज्ञ प्राविधिक ध्रुव बस्नेत र खडक केसीले वडा नम्बर ७ को सिमलकुना र ढोलपुरमारोगको उपचार तथा नमुना परीक्षण गर्ने कार्य गरेको संयोजक पाण्डेले बताए ।
त्यस क्षेत्रमा करिब ४ हजारभन्दा बढी बाख्रा रोगबाट प्रभावित भएका छन । प्रभावित बाख्राको उपचार भइरहेको हुँदा त्यस क्षेत्रका बाख्रालाई किनबेच गरी स्थानान्तरण र अन्य क्षेत्रका बाख्रालाई त्यस क्षेत्रमा नलैजान बबई गाउँपालिका पशुशाखाले अनुरोध गरेको छ ।
८ कार्तिक २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया