१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

प्युठानमा गाडीको ठक्करबाट एक बालिकाको मृत्यु



प्युठान ।
प्युठानमा गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको झिमरूक गाउँपालिका वडा नम्बर ४ बाङगे अंगारा भन्ने स्थानमा गाडिले ठक्कर दिँदा सोहि ठाउँकी ९ वर्षीया बालिका सिर्जना रोकाको मृत्यु भएको हो ।
गाडीको ठक्करबाट गम्भिर घाइते भएकी बालिकालाई थप उपचारको लागी बुटवल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्र जिसीले जानकारी दिए । झिमरूक गाउँपालिक वडा नम्बर ५ मच्छी ओखरकोट निवासी २९ वर्षीय दिपेन्द्र कुँवरले चलाएको ना ४ ख ७९०९ नम्बरको गाडिले बालिकालाई ठक्कर दिएको हो ।
बालिकाको शवलाई जिल्ला अस्पताल बिजुवार प्यूठानको शव गृहमा राखिएको छ । गाडी र चालकलाई पनि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय प्यूठानमा राखिएको प्रहरी निरिक्षक जिसीले जानकारी दिए ।

प्रकाशित मिति : १० कार्तिक २०७६ आइतबार ००:००  १० : १९ बजे