२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

प्रमुख प्रशासकीय अधिकृतकै कारण बृद्धभत्ता रोकियोः केशव कुमार श्रेष्ठ



बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याकै कारण सामाजिक सुरक्षाभत्ता रोकिन पुगेको बताउनुभयो । जनप्रतिनिधिले चेकमा हस्ताक्षर नगर्ने भन्दै बृद्धभत्ता दशै अगावै दिनुपर्छ भनेर आफुले पहल परेको बताउनुभयो । बृद्धभत्ताका लागि टिप्पणी उठिसके पनि पाध्याकै कारण रोकिन पुगेको बताउनुभयो । दशैंको तलवभत्ता निकाल्न सक्ने पाध्याले बृद्धभत्ता किन दिन सक्दैनन् उहाँले भन्नुभयो, “नगरपालिकालाई असफल पार्ने उद्धेश्य यो भन्दा अर्को के हुन सक्छ ।” भत्ता पाध्याले चाहे जति बेला पनि दिन सकिने बताउनुभयो । नगरपालिकामा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले भत्ता पाउनमा सहज होस भनेर आफुले बैंकसंग पहल गरेको पनि उहाँले बताउनुभयो ।

थप भिडियो हेर्नुहोस

प्रकाशित मिति : २० कार्तिक २०७६ बुधबार ००:००  ६ : ०२ बजे