२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

भारतीय टेलिभिजन र चलचित्रमा प्रतिबन्ध लगाउन विभिन्न विद्यार्थी संगठनको माग



अर्घाखाँची ।
भारतबाट हालै जारी भएको नयाँ नक्सामा लिपुलेक र कालापानी समावेश भएको विरोधमा अर्घाखाँचीमा टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध लगाउन माग गरिएको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा्निकट अनेरास्ववियु छैठौं र कांग्रेस सम्बद्ध नेविसंघलगायतका विद्यार्थी संगठनले अर्घाखाँचीमा टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध लगाउन माग गरेका हुन्। ती विद्यार्थी संगठनका नेताहरूले संयुक्त रुपमा शुक्रबार अर्घाखाँचीलगायत देशभर भारतीय फिल्ममाथि, टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन माग गरेको बताए। उनीहरूले नक्सा नसच्चाएसम्म चुप लागेर नबस्ने चेतावनी दिए।
शुक्रबार भारतले नेपालको भूभाग भारतीय नक्सामा राखेको विरोधमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सम्बद्ध अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियु छैठौं र कांग्रेस सम्बद्ध नेविसंघ लगायतका विद्यार्थी संगठनले संयुक्तरूपमा विरोर्ध याली गरेका थिए।
लिपुलेक हाम्रो हो, गो ब्याक इन्डिया,लेखिएको प्ले कार्डसहिर्त याली गरेका विद्यार्थी संगठनले (लिपुलेक), कालापानी हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावादु भन्दै नारा लगाएका थिए । र्याली सन्धिखर्कको पाणिनी क्याम्पसबाट बजार परिक्रमा गरी शान्ती बगैंचामा आइ कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने वक्ताहरूले नेपालको भूमि भारतीय नक्सामा राखेर भारतले नेपालको अपमान गरेको बताएका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०७६ शुक्रबार ००:००  ६ : ३१ बजे