१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

सामुदायिक वनमा एकजना मृत फेला



गुल्मी ।
रेसुङ्गा नगरपालिका–५ मा एकजना मृत फेला परेका छन्। फोक्सिनी सामुदायिक जंगलमा ४५ वर्षीय काशीराम पाण्डे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले जानकारी दिए। २५ दिनदेखि सम्पर्कविहीन पाण्डे मंगलबार बिहान जंगलमा मृत फेला परेका हुन्। शव पोष्टमार्टका लागि गुल्मी अस्पतालमा ल्याइएको छ। घटनाबारे अनुसधान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २६ कार्तिक २०७६ मंगलबार ००:००  १२ : ४३ बजे