९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सीमा विवाद कूटनीतिक तवरबाट समाधान हुन्छः परराष्ट्रमन्त्री ज्ञवाली



गुल्मी ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल (भारत) सीमा विवाद कूटनीतिक तवरबाट समाधान गर्ने दाबी गरेका छन्। भारतले नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो भूभागमा राखेर सार्वजनिक गरेको नक्साको सन्दर्भमा मन्त्री ज्ञवालीले कूटनीतिक तवरबाट नेपाल सरकारले समस्या समाधान गर्ने बताए।
गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका (२) जुभुङमा नवनिर्मित स्वास्थ्य चौकीको आइतबार उद्घाटन गर्दै मन्त्री ज्ञवालीले नेपालको भूमि मिच्ने अधिकार कसैको नभएको बताए। मन्त्री ज्ञवालीले नेपाल सरकारसँग मिचिएका भूमिको यथेष्ट प्रमाणहरु रहेको दाबी गर्दै नेपाली भूमिमा कसैले आँखा लगाउन नसक्ने बताए। नेपालले छिमेकी देशहरुसँग मित्रता कायम राख्ने काम गर्दै आएको भन्दै मित्रताको नाममा भूमि सुम्पिन नसक्ने बताए। नेपालले अन्‍तर्राष्ट्रियस्तरमा धमिलिएको छविलाई सफा बनाउने कार्यमा वर्तमान सरकारले काम गरेको दाबी गरे। भ्रष्टाचार गर्न नपाएर आत्महत्या गर्न थाले अर्को एक फरक प्रसंगमा मन्त्री ज्ञवालीले नेपालमा भ्रष्टाचारीहरूले भ्रष्टाचार गर्न नपाएका कारण आत्महत्या गर्न थालेको दाबी गरे।

प्रकाशित मिति : १ मंसिर २०७६ आइतबार ००:००  २ : १० बजे