७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कैलाश आश्रम नन्दनगर



मायादेवी अनलाइन ।
कपिलवस्तुको बाणगंगा नदीको पूर्वतटमा कैलाश आश्रम रहेको छ । जसलाई विभाण्डक ऋषिको तपोभुमिको रुपमा रहेको छ । यसै स्थानमा विभाण्डक ऋषिले तपस्या गरी रहँदा तपोवलको प्रभावले स्वर्गलोक समेत कम्पमान भई स्वर्गका राजा इन्द्रले तपस्या भंग गराउन उर्वर्शी अप्सरालाई पठाएका थिए ।
उर्वर्शीले त्यहि नजिकैको पोखरीमा डुबेको बाहाना गरी ऋषिको ताप भङग गरेकी थिइन् । त्यहि पोखरीमा ऋषिको वीर्य पतन भई केहीबेर पछि हरिणले पानी पिउँदा उर्वर्शी गर्भेणी भएकी थिई । त्यही गर्भबाट बारुण शास्त्र तथा पुत्रेस्टीका ज्ञाता महर्षि श्रृङगीको जन्म भएको थियो । त्यस्तो पवित्र स्थल हो नन्दनगर ।
हाल त्यहाँ संस्कृत पाठशाला संचालन भैरहेको छ भने त्यहाँ विभिन्न देवी देवताहरुका मन्दिर रहेका छन् । बर्षेनी महायज्ञ संचालन हुँदै आइरहेको छ । हेर्दा निकै रमणीय स्थलमा पुग्नका लागि पूर्व पश्चिम राजमार्गको बैरीयाबाट ३ किमि उत्तरतर्फ पक्की सडक मार्फत पुग्न सकिन्छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६ शुक्रबार ००:००  ७ : ३५ बजे