३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मोबाइल ब्यावसायी संघ बाणगंगा नगरमा न्यौपानेको नेतृत्व



मायादेवी अनलाइन, वाणगंगा ।
मोबाइल ब्यावसायी संघ बाणगंगा नगरमा कमिटिको अध्यक्षमा पुनः विकास न्यौपाने चयन हुनु भएको छ । संघको मंगलबार सम्पन्न दोश्रो अधिवेशनबाट एलिसा मोबाइल सेन्टर वैरियाका संचालक न्यौपाने सर्वसम्मत चयन हुनुभएको हो ।
६ सदस्यीय संघको वरिष्ठ उपाध्यक्षमा सन्तोष केसी, उपाध्यक्षमा उपाध्यक्ष टिका पौडेल, सचिवमा माधव बञ्जाडे, सह सचिवमा बालकृष्ण बेलबासे र कोषाध्यक्षमा नेत्र घिमिरे सर्वसम्मत चयन हुनुभएको हो । संघका अध्यक्ष न्यौपानेको अध्यक्षता र वरिष्ठ सल्लाहाकार केशव खनालको संचालनमा अधिवेशन सम्पन्न भएको थियो ।
यसैबीच अध्यक्ष न्यौपानेले बाणगंगा नगरपालिकामा मोबाइल ब्यावसायकर्मीहरुलाई थप संगठित बनाएर अगाडी बढ्ने बताउनु भएको छ । नगरपालिकामा मोबाइल ब्यावसायमा अझै पनि एकरुपता आउन नसकेकोले अब एकरुपता ल्याउने, दर रेट एकै प्रकारको बनाउने, उपभोक्ताहरुलाई जहाँबाट सेवा लिए पनि मर्का नपर्ने गरी काम गर्ने गरी काम गर्ने उहाँले बताउनु भयो ।
ब्यावसायमा उपभोक्ताको विश्वास जित्न र गुणस्तरीय सेवा दिनको लागि बिभिन्न तालिम र सेमिनार लगायतका कार्यक्रम गर्ने पनि आफ्नो योजना रहेको न्यौपानेले मायादेवी अनलाइनलाई बताउनु भयो ।
आफूलाई विश्वास गरेर दोश्रो कार्यकालमा सर्वसम्मत चयन गर्न सघाउने सबैलाई धन्यबाद दिँदै उहाँले पहिलो कार्यकालबाट पाठ सिकेर दोश्रो कार्यकालमा नयाँ ढंगले काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

प्रकाशित मिति : ८ माघ २०७६ बुधबार ००:००  ५ : ०५ बजे