२ चैत्र २०८१, आइतबार | Mon Mar 17 2025

१६ वर्षमै बिहे गर्न पाउनु पर्छ भन्दै प्रदर्शन गर्ने दुईजना पक्राउ



बाँके ।
कानुनले तोकेको उमेरभन्दा पहिले नै विवाह गर्न पाउनुपर्ने माग गर्दै आन्दोलन गर्ने दुईजनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएको छ। राज्यले केटाकेटीको उमेर २० वर्ष पूरा भएपछि मात्र विवाह गर्न पाउने कानुन बनाए पनि त्यसको बर्खिलाप गरी १६ वर्ष पूरा हुनासाथ विवाह गर्न पाउनुपर्ने माग गर्दै नेपालगन्जको धम्बोझी चोकमा प्रदर्शन गरिरहेका दुईजनालाई बिहीबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो।

नेपालको कानुनले बिहे गर्ने छोराछोरीको उमेर २० वर्ष पुगेको हुनुपर्ने व्यवस्था गरेको छ। तर, कानुनलाई चुनौती दिँदै नेपालगन्ज, जानकी र डुडुवाका सर्वसाधारणलाई कानुनविरुद्ध सडकमा उतार्ने र सामाजिक सद्भाव भड्काउने प्रयास गरेको भन्दै प्रहरीले जानकी गाउँपालिका ६ का रामदेव मिश्र र डुडुवा गाउँपालिका(३ का फूलपति पाललाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए।

प्रकाशित मिति : २३ माघ २०७६ बिहिबार ००:००  ७ : ३६ बजे