२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

सामाजिक उत्तरदायित्वमा कृषि विकास बैंकका कर्मचारी



गुल्मी ।
कृषि बिकास बैंक कर्मचारी संगठन जिल्ला समिति रुपन्देहीले विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामग्री वितरण गरेको छ । २०७६ सालको तिहारमा भैरहवा तथा बुटवल क्षेत्रमा खेलेको देउसी भैलो कार्यक्रमबाट संकलित रकमले उक्त सामग्री वितरण गरेको हो । समितिले गुल्मीको पश्चिम-उत्तरको दुर्गमस्थानमा रहेको मदाने गाउँपालिका वडा नं. ७, सुज्र्याङ्ग स्थीत सुज्र्याङ्ग आधारभुत प्राथमिक बिद्यालयका बालबिकास देखि ५ कक्षा सम्मका ५५ जना बिद्यार्थीलाई खेलकुद पोषाक प्रदान गरेको हो ।
कार्यक्रममा कृषि बिकास बैंक लिमिटेड ५ नं. प्रदेश कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापा, मदाने गा.पा. वडा नं. ७ का अध्यक्ष काशि बहादुर बोहोरा, संगठनका ५ नं. प्रदेश संयोजक बिनोद के.सी.र कृषि बिकास बैंक लिमिटेड पुर्कोटदहका प्रबन्धक ईश्वरी प्रसाद नेपाल, बिद्यालय निरीक्षक हरिहर बेल्बासे, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम प्रसाद पन्थी, प्रधानाध्यापक शिवहरी पन्थी, संगठनका प्रदेश सदस्य मिन प्रसाद पौडेल, नर बहादुर थापा रसंगठनका जिल्ला समिति गुल्मीका अध्यक्ष ओब बहादुर डांगी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा ने.क.पा. युवा नेता प्रेम घिमिरेले युवाहरुलाई समेटेर बैंकले अझै उत्पादनशिल कार्यक्रम संचालन गरेर स्वदेशमै रोजगारी सृजना गर्नुपर्ने कुरामा जोड दिनुुभयो । काशि बहादुुर बोहोराले कृषि बिकास बैंक कर्मचारी संगठनले गरेको कार्यको उच्च मुल्यांकन गर्दै सरकारले गर्नुपर्ने कार्य संगठनले गरेकोमा आभार व्यक्त गर्नुभयो ।
बिद्यार्थीहरुलाई प्रदान गरीएको पोषाक लगाउदा बिद्यार्थीहरु हर्षित मुद्रामा देखिन्थे भने उपस्थित सप्पुर्ण अभिभावकहरुले खुसी व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६ बिहिबार ००:००  ७ : १२ बजे