२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

गुल्मीमा जीप दुर्घटना हुँदा ७ घाइते



बुटवल ।
गुल्मीको दरबार गाउँपालिका २ जुभुङको अर्थुङमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । तम्घासबाट जुभुङ जादै गरेको लु १ च ६७०१ नम्बरको जिप सडकबाट ५० मिटर तल खसेको छ ।
दुर्घटनामा नेपाल बिद्युत प्राधिकरण गुल्मीमा कार्यरत पदम थापा, गोविन्द रिजाल, लोक बहादुर खत्री, दिलिप रेश्मी, दोजराज राई, भुमिश्वर कुवंर र सेर बहादुर सोमै घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मीन बहादुर घलेले बताए ।
उनीहरु सवैको उद्धार गरेर उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएको छ । घटनाको थप अुनसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६ आइतबार ००:००  ५ : १४ बजे