१५ कार्तिक २०८१, बिहिबार | Fri Nov 1 2024

ओली मन्त्रीमण्डल चौथो पटक हेरफेर हुँदै, को हुँदैछन् नयाँ मन्त्री ?



काठमाण्डौँ ।
सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाउनुभएको छ। दुई वर्षको अवधिमा पनि प्रतिबद्धताअनुसार काम गर्न नसक्ने मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा उहाँले परामर्श अगाडि बढाउनुभएको हो। यसअघि गत मंसिर १५ मा प्रधानमन्त्री ओलीले ५ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गर्नुभएको थियो। सरकारका कामलाई प्रभावकारी बनाउन उहाँले पछिल्लो चरणमा नियुक्त गरेका बाहेकका अन्य मन्त्री हेरेफेर गर्ने गरी गृहकार्य अगाडि बढाइएको प्रधानमन्त्री निकट एक सचिवालय सदस्यले बताए। उनका अनुसार प्रधानमन्त्रीले यही फागुनभित्र नै मन्त्रिमण्डल विस्तार गर्नुहुनेछ। अडियो काण्डमा मुछिनुभएका गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा युवराज खतिवडालाई र शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई दिइएको छ। २५ सदस्यीय ओली नेतृत्वको मन्त्रिमण्डलमा हाल दुई मन्त्रालयमा मन्त्री रिक्त छन्। अब कोको मन्त्री बन्छन् भन्ने कुरा बाहिर आएको छैन ।

प्रकाशित मिति : १२ फाल्गुन २०७६ सोमबार ००:००  ८ : २० बजे