१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

कोरोना भाइरसविरुद्ध दाङमा उच्च सतर्कता



दाङ ।
दाङमा कोराना भाइरसको संक्रमणबाट जोगिनको लागि उच्च सतर्कता अपनाएको छ। यहाँका स्थानीय तहदेखि जिल्ला प्रशासन कार्यालयले समेत उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। जिल्लामा हुने सभा, सम्मेलनमा रोक लगाउने निर्णयसँगै स्थानीय प्रशासनले सबैलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
जिल्ला प्रसासन कार्यालय दाङले जिल्लामा हुने ठूला सभा सम्मेलन र भेला जुलुस नगर्न सार्वजनिक रुपमा अपिल गरेको छ। प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले सार्वजनिक सूचना जारी गरी जिल्लाबासीमा अपिल गरेको छ। साथै उनले बजारमा औषधि र अत्यावश्यक वस्तु भाउमा कालो बजारी सिर्जना गर्ने व्यवसायीलाई तत्काल कारवाही गर्ने समेत बताए।

प्रकाशित मिति : २३ फाल्गुन २०७६ शुक्रबार ००:००  ४ : ४७ बजे