७ फाल्गुन २०८१, बुधबार | Thu Feb 20 2025

उपमेयर अर्याल भन्छन्, सफल हुन योजना बाँड्नुपर्छ



मायादेवी अनलाइन, चारनम्बर ।
कनै पनि क्षेत्रमा सफल हुनका लागि योजना बाडेर अघि बढ्नुु पर्ने एक कार्यक्रमका बीच वाणगंगा नगर उपप्रमुख चक्रपाणि अर्यालले वताउनु भएको छ । कपिलवस्तुको चार नम्वरमा आयोजित संवाद सहजकर्ताहरुसंग अनुभव आदान प्रदान कार्यक्रममा सहभागी हुँदै उपमेयर अर्यालले यस्तो वताउनु भएको हो ।
सिद्धार्थ सामाजिक विकास केन्द्रले सामाजिक क्षेत्रमा विगत लामो दशकदेखि काम गर्दै आएको र सिड्स कार्यक्रमले वाणगंगा नगरपालिका क्षेत्रमा निकै कम समयमा प्रभाव पारेको भन्दै प्रशंसा गर्नु भयो ।
कार्यक्रममा वोल्दै सिदार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेजप्रसाद आचार्यले समुदायमा एक्लै काम गर्न गाहो हुने कुरा वताउँदै सवैसंग सहकार्य गरेर अगाडि वढिरहेको वताउनु भयो । संस्थाका सचिव रोमकान्त घिमिरेले संस्थागत जानकारी गर्नु भएको कार्यक्रममा सिड्स कार्यक्रमका फोकल पर्शन प्रकाश घिमिरेको स्वागत मन्तव्य रहेकोे थियो भने सिड्स कार्यक्रमको बारेमा कार्यक्रम संयोजक आर टि खानले जानकारी गराउनु भएको थियो ।
सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना स्ट्रोम फाउण्डेशन नेपालको आर्थिक सहयोग तथा वाणगंगा नगरपालिकाको समन्वयमा सिड्स कार्यक्रम संचालित छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष सुर्यकुमारी शाही, कार्यकारी सदस्य चेतना कुमारी अधिकारी, मिल अफिसर काशिराम भटराई, सामाजिक परिचालक, एनिमेटर, सिमसिसि टिचर लागायको उपस्थिति रहेको कार्यक्रमको संचालन सिड्स कार्यक्रमका जिविकोपार्जन अधिकृत गिता अर्यालले गर्नुभएको थियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६ शुक्रबार ००:००  ८ : १० बजे