२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

बर्दियामा दुई महिला मृत फेला



बर्दिया ।
बर्दियाको ठाकुरबाबा नगरपालिका-३ मिर्चैयामा दुई महिला मृत भेटिएका छन्। आइतबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। ठाकुरबाबा नगरपालिका-३ मिर्चैयामा रहेको सिँचाइका लागि बनाइएको नहरमा डुबिरहेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय बगनाहा भुरिगाउँले जनाएको छ। प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका-५ बस्ने ७० वर्षीया मिश्री थारू र उनकी ४६ वर्षीया बुहारी फूलरानी थारूको शव फेला परेको हो। शनिबार मिर्चैयामा रहेको आफन्तको घरबाट आफ्नो घर फर्किने क्रममा असिनासँगै परेको चट्याङ लागेर मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। शव पोष्टमार्टमका लागि गुलरिया पठाइएको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बगनाहाका प्रहरी साहायक निरीक्षक कृष्ण केसीले जानकारी दिए। शनिबार असिनासँगै आएको हावाहुरी कारण बर्दियाका विभिन्न स्थानका पाक्नै लागेको बालीमा क्षति पुर्‍याएको छ।

प्रकाशित मिति : २ चैत्र २०७६ आइतबार ००:००  ३ : ४३ बजे