७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

तुलसीपुरको बसपार्क भित्रै अज्ञात समूहले गर्‍यो बसमा आगजनी



दाङ ।
गएराति अज्ञात समूहले तुलसीपुरमा एउटा बसमा आगजनी गरेको छ । तुलसीपुरको बसपार्कमा रहेको टिकट काउण्टरदेखि दक्षिण तर्फ पार्किङ गरि राखेको ना४ख ७१८८ नम्बरको बसमा गरिएको आगजनीबाट बस पूर्ण रुपमा जलेर नष्ट भएको बस धनी सुमन कार्कीले जानकारी दिए ।

बसमा गएराति करिब साढे ११ बजे आगजनी गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बस पार्क भित्रै पार्किङ गरि राखेको बसमा आगजनी भएपछि गाडीधनीहरु भयवित र त्रसीत बनेका छन् ।

यता त्रिशिद्देवरी राप्ती यातायात प्रालि तुलसीपुरले आगजनीमा संलग्न दोषीको तत्काल पहिचान गरि कारबाही गर्न माग गरेको छ । सुरक्षीत भनिएको बसपार्क भित्रै पार्किङ गरि राखिएको बसपमा आगजनी हुनु निन्दनीय कार्य भएको भन्दै प्रालिका कल्यानकारी सचिव प्रकाश भट्टले उक्त घटनाले सवारी धनीहरुलाई असुरक्षाको महसु भएको बताएका छन् ।

उक्त बस दाङको भालुबाङ हुँदै रुकुम चल्ने गरेको बताइएको छ । यता ईलाका प्रहरी कार्यालय तुलसीपुरले घटनाको सम्बन्धमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

तीन महिना अघि देखि पार्किङमा गाडी राखिएको कुरा खुल्न आएको बताउदै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डम्बरपालले कसले किन आगो लगाएको हो भन्ने कुराको अनुसन्धान सुरु गरिएको बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७६ बिहिबार ००:००  ९ : ०० बजे