१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मञ्चका अध्यक्ष पठानद्वारा कृष्णनगरमा मास्क वितरण



मायादेवी अनलाइन, कृष्णनगर ।
कृष्णनगर नगरपालिकामा सिमा क्षेत्रमा खटिएका सुरक्षा निकाए तथा सर्वसाधारणलाई निशुल्क मास्क र पन्जा वितरण गरिएको छ ।
नेपाल इण्डो सामाजिक मंचका अध्यक्ष अकरम पठानको अगुवाईमा निशुल्क रुपमा मास्क र पन्जा वितरण गरिएको हो । विश्वमा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई रोक्न मास्क र पन्जा वितरण गरिएको अध्यक्ष अकरम पठानले बताए ।
नेपाल सरकारले जारी गरेको लकडाउन जनताको हितमा भएकाले सबैले पालना गर्नुपर्ने बताउदै कोरोना भाइरसबाट बच्न साबुन पानीले हात धुने, मास्कको प्रयोग गर्ने, हातमा पन्जा लगाउने, भिड भाडमा नजाने, विरामी भए स्वास्थ्य संस्थामा तत्काल जानुपर्ने जस्ता कुरालाई ध्यान दिन पठानले आग्रह गरेका छन् ।
समाजवादी पार्टी प्रदेश नं. ५ का प्रवक्ता समेत रहेका पठान सहित कार्यक्रममा बृजेश कुमार गुप्ता, अजय गुप्ता, विकास अग्रहरी, रवि कुमार लगायत संस्थाका सदस्यहरु सहभागीता रहेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७६ बुधबार ००:००  १ : १५ बजे