रेडियो   टिभी

भारतबाट आएका एकजनाको गुल्मीमा मृत्यु, वडाध्यक्ष भन्छन, परिवारले क्वारेन्टाइनमा बस्नै मान्दैनन


गुल्मी ।
गुल्मीको मालिका गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-७, घमिर वेदथलाका ६३ वर्षीय केयरसिंह बिकको भारतबाट आएको १० दिनमा मृत्यु भएको छ ।

वडाध्यक्ष वेदप्रसाद पन्थीले आफ्नो वडामा अहिले भारतबाट झण्डै २५ जना आएका जानकारी दिदै बिकलाई पहिलेदेखि नै दमको समस्या भएको बताउनुभयो । घरका व्यक्तिलाई सेल्फक्वारेन्टाइनमा बस्न आग्रह गरे पनि कसैले पनि नमानेको उनले जानकारी दिनुभयो ।

भारतबाट आएका अन्यले पनि क्वारेन्टाइनमा बस्न अस्विकार गरेका छन् । उनले भीरबारीमा मात्र ५ जना भारतबाट आएका जानकारी दिनुभयो ।

मालिका गाउँपालिका-६ का वडाध्यक्ष शोभाखर गिरीले आइसोलेसनमा बस्ने ठाउँको पनि अभाव रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस