२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

कोरोना परीक्षणको नमुना लिन नेपालगञ्ज गएको जहाज दुर्घटनामा



बाके ।
कोरोना परीक्षणका नमुन लिन नेपालगञ्ज पुगेको नेपाल एयरलाइन्सको वाई १२ जहाज नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेको छ। जहाज रनवेबाट चिप्लिएर घाँसेमैदान तर्फ पुगेको थियो। जहाज दुर्घटनामा परेपनि कुनै मानवीय क्षति भने भएको छैन। जहाज चिप्लिएर घाँसेमैदनमा पुगेपनि कुनै मानवीक्ष क्षति नभएको नेपाल नागिरक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए। स्वास्थ्य मन्त्रालयले कोरोनाको परीक्षणका लागि संकलन भएको नमूना लिन जहाज चार्टर गरेको थियो। जहाजमा पाइलट केबी लिम्बू थिए भने कोपाइलट महेश राज पाण्डे थिए।
चालक दलका सदस्य पनि सकुशल रहेको महानिर्देशक पोखरेलले बताए। जहाज ल्यान्ड गर्ने बेला रन–वे भन्दा बाहिर गएको थियो।

प्रकाशित मिति : १५ चैत्र २०७६ शनिबार ००:००  १ : ४८ बजे