२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

गैरसरकारी संस्थाले दियो स्थानीय तहलाई स्वास्थ्य सामग्री



दिपक खड्का, चन्द्रौटा ।
विश्वमा कोरोना (कभिड­ १९) को संक्रमण रोकथाम तथा तयारीका लागि कपिलवस्तुको कालिका स्वावलम्बन सामाजिक विकास केन्द्रले स्वास्थ्य सामग्री वितरण गरेको छ ।
कपिलवस्तुको जेठो संस्थाको रुपमा पहिचान बनाएको र प्रकोपको समयमा काम गर्न सक्ने कालिका स्वावलम्बन सामाजिक केन्द्रले कपिलवस्तुको १० वटा स्थानीय तह र रुपन्देहीको ४ वटा स्थानीय तहमा जिल्ला प्रशासन कार्ययालयको अनुमतीमा सामग्री हस्तान्तरण गरेको हो ।
स्थानीय समुदायलाई संक्रमणबाट बच्न सन्देशमुलक जिङ्गल प्रशारण र सरकारले गरेको लकडाउनको समयमा स्वास्थ्य सामग्री अभाव भएपनि सबैसंग सहकार्य गरी माग र आवश्यकताको आधारमा हेल्प डेस्क तथा क्वारेन्टाइनमा हात धुने कर्नर ब्यवस्थापन गरिएको कार्यकारी निर्देशक अर्जुन थापा मगरले बताए ।
स्थानीय तहको माग र श्रोत व्यवस्थापनको आधारमा हेल्प डेस्कमा प्रयोग हुने बाल्टी, बाटा, मग, टुल, साबुन सेनिटाइजर तथा पिउने पानी एवं पिउने पानीका बोत्तलहरु रुपन्देही नवलपरासी कपिलबस्तुका बिभिन्न १० वटा पालिकामा हस्तान्तरण गरिएको फेयरमेड फाउण्डेसन नेपालका परियोजना संयोजक शशि कुमार लाल कर्णले बताए ।
कालिका स्वावलम्बन सामाजिक केन्द्र र फेयरमेड फाउण्डेसन नेपालको साझेदारीमा संचालित आधारभुत स्वास्थ्य परियोजना अन्तरगत जनचेतना मुलक प्रन्ध्र हजार प्रति पम्पलेट तथा फेलेक्स प्रिन्ट गरी मानिसको भिडभाड हुने स्थानमा देखिने गरी राखिएको कर्णले बताए ।
संक्रमण रोकथामका लागि कालिका स्वावलम्बन सामाजिक केन्द्रले ह्याण्ड सेनिटाइजर ५०० एम.एल ११० बोटल, स्ट्राइल ग्लोभ्स १००० जोर, नन स्ट्राइल ग्लोभ्स १५०० जोर,डिस इन्फेक्सन लाईजोल ५९ बोटल, डिटोल साबुन २०० पिस र कोरोना अस्पतालको रुपमा तयार भैरहेको भिम अस्पताल भैरहवाका लाईह्याण्ड सेनिटाइजर (५०० एम.एल) ५० पिस, स्ट्राइल ग्लोभ्स ५०० जोर, नन स्ट्राइल ग्लोभ्स ७५० जोर, डिस इन्फेक्सन लाईजोल ३० बोटल, डिटोल साबुन ५० पिस र जिल्ला अस्पताल तौलिहवा, कपिलबस्तु जिल्लाको १० वटा पालिका र रुपन्देहि जिल्लाको ४ वटा पालिकामा गरी १४ वटामा स्थानिय तहमा सामग्री वितरण गरिएको कर्णले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७६ बुधबार ००:००  १ : ०८ बजे