३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

कपिलवस्तुमा भदौमा ६९ सवारी दुर्घटना, ३ जनाले गुमाए ज्यान



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा भदौ महिनामा भएका विभिन्न सवारी दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा परी १ सय १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार भदौ महिनामा जिल्लाभर ६९ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ३ जनाको मृत्यु हुनुका साथै १ सय १५ जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार तीव्र गति, चालकको लापरवाही, मादक पदार्थ सेवन गरी सवारी चलाउनु तथा सडकमा छाडा चौपाया छाडिनु लगायतका कारण सवारी दुर्घटना हुने गरेका छन् ।

दुर्घटना न्यूनीकरणका लागि सवारी चालक तथा यात्रुले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्ने प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो । उहाँले तीव्र गतिमा सवारी नचलाउन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन तथा सडक सुरक्षाप्रति सचेत रहन सबैलाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८३ शनिबार ००:००  ९ : ०५ बजे