२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

कोरोना महामारीः सिमा नाकामा खटाइयो सशस्त्र प्रहरी



दाङ ।
छिमेकी देश भारतमा कोरोना भाइरसका बिरामी बढेसगै दाङका सीमावर्ती क्षेत्रका थप ४ वटा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बल खटिएका छन् ।

ससाना नाका र चोरबाटो हुँदै नेपाली तथा भारतीय नागरिक नेपाल प्रवेश गर्न सक्ने भन्दै चारवटा साना नाकामा सशस्त्र प्रहरी बल खटाइएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

सिमावर्ती भौरीसाल, पटौली, भौवा र गुरुङनाकामा सशस्त्र प्रहरी बल खटाइएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो । लकडाउनसँगै जिल्लाका सानाठूला गरी २६ वटा नाका अनिश्चितकालका लागि बन्द गरिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६ आइतबार ००:००  २ : ५७ बजे