८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

कोरोना महामारीः सांसद शाहले दिए २० क्युन्टल चामल



राम प्रघट कोरी, विजयनगर ।
कपिलवस्तु क्षेत्र नं. ३ का साँसद अभिषेक प्रताप शाहले विजयनगर गाउँपालिकालाई आइतवार २० क्युन्टल चामल हस्तान्तरण गर्नुभएको छ ।
गाउँपालिकाको आपतकालिन राहत कोषमा गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापालाई उहाँका स्वकीय सचिव सन्तोष कुमार यादव सहितको टोली पुगी हस्तान्तरण गरेको हो ।
सांसद शाहले आफ्नो निर्वाचन क्षेत्रमा ७० क्युन्टल चामल राहत दिने घोषण गरे लगत्तै आजै कृष्णनगर नगरपालिकामा पनि २० क्युन्टल चामल उपलब्ध गराएको यादवले बताउनु भयो ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण देश नै लक डाउनको अवस्थामा रहेको बेला दैनिक गरी खाने घरपरिवालाई अहिले संकट परेकोले उनीहरुलाई राहत पुगोस् भन्ने उद्देश्यले गाउँपालिकालाई हस्तान्तरण गरिएको राहत वितरण गर्ने अध्यक्ष थापाले बताउनु भयो ।
यस संकटको विषम् परिस्थितिमा गरिव, विपन्न र गरी खाने परिवारका लागि राहत स्वरुप चामल उपलब्ध गराएकोमा गाउँपालिकाका अध्यक्ष थापाले धन्यवाद दिनुभएको थियो ।

प्रकाशित मिति : २३ चैत्र २०७६ आइतबार ००:००  ३ : ०५ बजे