२० बैशाख २०८१, बिहिबार | Fri May 3 2024

शिवराजको ‘विपत व्यवस्थापन कोष’मा व्यापार संघ कपिलवस्तुको सहयोग



दिपक खड्का, चन्द्रौटा ।
व्यापार संघ कपिलवस्तुले शिवराज नगरपालिको ‘विपत व्यवस्थापन कोष’मा ५५ हजार रकम राखेको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण दुई हप्ता देखि लकडाउनले विपन्न परिवारमा खाद्यान संकट गहिरिदै गएको भन्दै नगरपालिकाले राहत वितरणको प्रयास थालेको छ ।
सोही अनुसार व्यापार संघ कपिलवस्तुले दिएको उक्त रकम बराबरको चेक नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारी र प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले हस्तान्तरण गर्नुभएको हो ।
विपतको समयमा केही भएपनि सहयोग मिलोस भनेर नगरपालिकाको ‘विपत व्यवस्थापन कोष’मा रकम राखेको व्यापार संघका अध्यक्ष महादेव पोखरेलले बताए ।
विपत व्यवस्थापन कोषमा प्राप्त रकमबाट शिवराज नगरपालिका भित्र रहेका १६ सय परिवारलाई राहत दिने तयारी रहेको नगर प्रमुख नेत्रराज अधिकारीले बताए ।
विभिन्न संघ संस्था र सहयोगीदाताबाट प्राप्त रकम चाडै भन्दा चाडै लक्षित परिवारमा पुराउने शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जनाए ।

प्रकाशित मिति : २३ चैत्र २०७६ आइतबार ००:००  ३ : १५ बजे