१९ बैशाख २०८१, बुधबार | Thu May 2 2024

दाङमा चित्तल मारेको आरोपमा दुई पक्राउ



दाङ ।
डिभिजन वन कार्यालय देउखुरी दाङले जंगली जनावर चित्तल मारेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ९ रिहारका झग्गु ओली र मान सिङ्ग ओली रहेका छन । मङ्गलबार बेलुका पानी खान रिहारको तलाउमा आएको बेला ढुङा र भट्टाले हानेर जंगली चित्तल मारेको ओलीद्वयलाई आरोप लागेको छ ।
पानी खान तलाउमा आएको जंगली चित्तललाई जङ्गलतर्फ भगाउनुको सट्टा ढुङा र भट्टाले हानेर मारेको भन्ने सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय देउखुरीका डिभिजनल प्रमुख प्रवीण बिडारीले बताउनु भयो।

प्रकाशित मिति : १७ बैशाख २०७७ बुधबार ००:००  ८ : ०३ बजे