६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

शीतगंगामा आधारभुत तथा माबि तहको नतिजा सामाजिक सञ्जालबाट प्रकाशित



विष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको शीतगंगा नगरपालिका भित्र रहेका आधारभुत बिद्यालय तथा माबि तहले कक्षा १ देखि कक्षा ९ सम्मको नतिजा प्रकाशित गरेका छन् । नगर भित्र रहेका ९७ ओटा आधारभुत बिद्यालय र ८ माध्यमिक बिद्यालयको कक्षा ९ सम्मको नतिजा बिहीवार प्रकाशित गरिएको हो ।

देश लकडाउनको बिषम परिस्थितिमा रहेकाले सम्बन्धित बिद्यालयमा आवश्यक शिक्षक बाहेक अन्यलाई उपस्थिति नगराई बिद्यालयको नतिजा सुचना पाटीमा टाँस गरि तथा अनलाइन एवं सामाजिक सन्जालमा पोष्ट गरेर नतिजा प्रकाशित गरिएको हो ।

साथै आफ्नो नतिजा थाहा पाउँन बिद्यार्थीले सम्बन्धित बिद्यालयका कक्षागत शिक्षक शिक्षिकालाई टेलिफोन गर्न सकिने गरि अधिकांश माबि तहका कक्षा ९ मा अध्यापन गराइरहेका शिक्षक शिक्षिकाको फोन नम्बर नतिजा सगै बिद्यालयको सुचनापाटीमा टाँस गरिएको छ ।

जिल्लाका ३ सय ५५ आधारभुत बिद्यालय र ४२ ओटा माबि तहका कक्षा ९ को अधिकांश बिद्यालयहरूमा नतिजा प्रकाशित भएको जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख मणिराम पराजुलीले बताए । साथै जिल्लाका अन्य निजी बिद्यालयहरूमा पनि नतिजा प्रकाशित भएका छन् । नतिजा प्रकाशित भए सगै बिद्यार्थी भर्ना सुरू भएको बिद्यालयले जनाएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७ शुक्रबार ००:००  ३ : ४२ बजे