१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

अर्घाखाँचीका एक पुरुषको निधन कोरोनाले भएको पुष्टि



मायादेवी अनलाइन, अर्घाखाँची ।
अर्घाखाँचीका एक पुरुषको कोरोना संक्रमणको कारण निधन भएको पुष्टि भएको छ । भारतबाट नेपाल आउँदै गर्दा कपिलवस्तुको कृष्णनगर सीमा नजिकै मृत्यु भएका पुरुषमा कोरोना भएको पुष्टि भएको हो।

मृतक अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ९ का ३५ बर्षीय कृष्ण बहादुर गैरे रहनुभएको छ । गैरेले घर आउँदै गर्दा सीमामा आएर ज्यान गुमाउनुभएको थियो ।

मृतकमा कोरोना संक्रमण पुष्टि भएको अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिनुभएको छ ।

बसमा सवार भएर आउनुभएका गैरेले अत्यधिक बान्ता गरेका कारण बोल्न नसक्ने अवस्थामा हुनुहुन्थ्यो । भारतवाट दुईवटा बस रिर्जभ गरेर आइतवार उहाँसहित ९१ जना नेपाल प्रवेश गरेको बताइएको छ ।

मृतक गैरेसहित सम्पर्कमा रहेका २ जनाको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको थियो । ती दुईजनाको रिपोर्ट अझै सार्वजनिक भएको छैन ।

प्रकाशित मिति : १५ जेष्ठ २०७७ बिहिबार ००:००  ८ : ३८ बजे