६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

न्याय माग्दै दाङको सडकमा अधिकारकर्मी



दाङ ।
दलित अधिकारका क्षेत्रमा क्रियाशील जिल्लाका व्यक्ति तथा संस्थाहरुले पश्चिम रुकुममा केही दिनअघि भएको बीभत्स हत्याविरुद्ध आन्दोलन सुरु गरेका छन् ।

उनीहरुले दोषीलाई कडा कारबाहीको माग गरेका छन् । दलित नागरिक समाज दाङ, नेपाल दलित विद्यार्थी समाजलगायत संस्थाले उच्चस्तरीय छानबिन समिति गठन, अपराधिक घटनामा संलग्नलाई आजीवन कारबासको माग गरेका छन् ।

साथै ज्यान गुमाउने व्यक्तिलाई सहिद घोषणा गर्न मागसमेत गरेका छन् । सडकबाट निरन्तर दबाब सिर्जना गर्ने र बेपत्ताको तत्काल खोजी र घाइतेको उपचार गर्नुपर्ने मागसहित सडक आन्दोलन सुरुवात गरिएको दलित अधिकारकर्मी निर्मल नेपालीले बताए ।

आज बिहीबार बिहान उनीहरुले तुलसीपुरको बिपी चोकमा एक घण्टा अनसन बसेर घटनाको विरोध जनाएका हुन् । त्यसैगरी आजै जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रीको ध्याणाकर्षण बनाउने कार्यक्रम रहेको बताएका छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७ शुक्रबार ००:००  ४ : २५ बजे