७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

दुरी कायम गर्दै वाणगंगामा नियमित खोप सुचारु



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु बाणगंगा नगरपालिकाको नियमित खोप अभियान सुरु हुने भएको छ । कोरोनाको कारण स्थगित भएको खोप अभियान जेष्ठ १७ गते शनिबार देखि २१ गतेसम्म सुरु हुने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको शुक्रबार बसेको वैठकले सो निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

पौडेलले आ–आफ्नो वडाका महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्पर्क गरी पिपरा अस्पत्ताल लगायतका स्वास्थ्य संस्थामा जान अनुरोध गर्नुभएको छ ।

स्वास्थ्य संस्थामा खोप सेवा लिने क्रममा अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्न पनि नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७ शुक्रबार ००:००  ५ : २९ बजे